Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

व्याजदर बढ्यो, निक्षेपमै १५ प्रतिशतमाथि

२०७९ आश्विन २ गते

बैंकिङ खबर/ निक्षेपको ब्याजदर १५ प्रतिशत नाघेको छ । बैंकहरुले शुक्रबार १ असोजदेखि लागू हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दै बचतमा १० प्रतिशत र मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर प्रकाशित गरेका छन् ।

३० भदौ बिहीबार बसेको नेपाल बैंकर्स संघको कार्यकारी समितिको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको थियो । बैंकर्स संघले ब्याजदरमा गरेको सहमति खारेज गरेसँगै १ असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकले ब्याजदर बढाएका छन् । भदौसम्म व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिएको बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार रेमिट्यान्समा थप एक प्रतिशत ब्याजदर दिनुपर्ने हुन्छ ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ’ राष्ट्र बैंक नियमन विभागले जारी गरेको एकिकृत निर्देशनमा(२०७८ मा भनिएको छ । रेमिट्यान्सको बचत र मुद्दतीमा न्यूनतम एक प्रतिशत थप ब्याजदर दिन पाइनेमा बैंकहरुले बचतमा १ प्रतिशत रेमिट्यान्स मुद्दतीमा ३ प्रतिशतसम्म थप ब्याजदर प्रकाशित गरेका छन् ।

प्रभु बैंकले ३ महिना वा सो भन्दा बढीको प्रभु उन्नती मुद्दती नामक निक्षेप खातामा १५.१३ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त निक्षेप खाता रेमिट्यान्स निक्षेप भएको बैंकले जनाएको छ । एनसीसी बैंकले रेमिट्यान्स मुद्दतीमा १५ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै सनराइज बैंकले पनि रेमिट्यान्स मुद्दतीमा १४.१३ प्रतिशत ब्याजदर प्रकाशित गर्दा प्राइम कमर्सियल बैंकले रेमिट्यान्स मुद्दती (नेपाली मुद्रा) मा १४.१३ र (डलर) मा १२ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै सेञ्चुरी कमर्सियल बैंकले पनि रेमिट्यान्स मुद्दतीका लागि १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिनेछ । यस्तै मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर तोकेको छ ।

कृषि विकास बैंक लिमिटेडले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.८६ प्रतिशत ब्याज लिने छ ।

एनआईसी एसिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् । साधारण बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने सूचना बैंकले जारी गरेको छ ।

कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ । हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदमा ६ ६.६० प्रतिशत प्रिमियम थपिने छ ।

सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लिनेछ ।

नबिल बैंकले नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।

मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने भएको हो ।बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।

माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२.१३ प्रतिशत ब्याज पाइने छ । संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ ।

यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको आधारदर हाल १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.७३ प्रतिशत ब्याज लाग्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ऋण दिनेछ ।

प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्षभन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंककाे व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । साउनमा बैंकको आधारदर १० प्रतिशत रहेको छ । कर्जा लिँदा १६ प्रतिशसम्म ब्याज लाग्ने छ ।

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ ।

संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । साउनमा बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ । बैंकको कर्जा लिँदा आधारदरमा ७ प्रतिशकत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर ८.४० प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७.५० प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १५.९० प्रतिशत ब्याज लाग्ने छ ।