Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभुको सेयर कारोबार सहज बनाउन नेप्सेको आग्रह

२०७३ आश्विन १७ गते

nepseप्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ । ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको नेप्सेले जनाएको छ ।

प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३६३ रुपैयाँ  तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता  ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।