Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल एसबीआई बैंकले २९.५३ प्रतिशत लाभांश दिने

२०७३ आश्विन १७ गते

sbi bankनेपाल एसबिआइ बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।