Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन–कुन बैंकले निक्षेपमा कति दिन्छन् व्याज

२०७९ आश्विन १ गते

बैंकिङ खबर/ बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन्।  असोजमा भद्र सहमति भंग गर्दै आ-आफ्नै बैंकहरुले ढंगले ब्याजदर निर्धारण गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनले पनि यसका लागि बाटो खुला गरिदिएको थियो।

कुन बैंकले निक्षेपमा कति दिन्छन् व्याज

नेपाल बैंक

नेपालको पहिलो बैंक नेपाल बैंकले  नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ व्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ व्याजदर अनुसार बैंककले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिनेछ । यस्तै मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर तोकेको छ ।

अधिकतम व्याजदर पाइने बचत खाताहरुमा कर्मचारी स्यालरी सेभिङ खाता ९.१३ प्रतिशत, नारी सम्मान बचत खाता ९.१३ प्रतिशत, पायनियर बचत खाता ९.१३ प्रतिशत, युवा बचत खाता ९ .१३ प्रतिशत र रेमिट्यान्स बचत खाता १०.१३ प्रतिशत रहेकाे छ। सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ ।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज असोज १ गते शनिबारदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनि गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक


राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.८६ प्रतिशत ब्याज लिने छ ।

प्रभु बैंक

प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको छ। विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने बैंकले जनाएको हो।

यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउनेछ। विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा मिल्ले बैंकले जिकिर गरेको छ। बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। शनिबारदेखि यो ब्याजदर कार्यान्वयनमा आउनेछ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् । साधारण बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने सूचना बैंकले जारी गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ । हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदमा ६ ६.६० प्रतिशत प्रिमियम थपिने छ ।

सानिमा बैंक

सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लिनेछ ।

नबिल बैंक

नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा बैंकको ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

बैंक अफ काठमाण्डू


बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।

मेगा बैं

मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबी बैंक

एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने भएको हो ।

बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकको ब्याजदर पनि बढेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ ।

यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ ।

बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२.१३ प्रतिशत ब्याज पाइने छ । संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक

हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

सिभिल बैंक

सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ ।

यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको आधारदर हाल १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.७३ प्रतिशत ब्याज लाग्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैैंक

नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ऋण दिनेछ ।

प्राइम बैंक


प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्षभन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंक


नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । साउनमा बैंकको आधारदर १० प्रतिशत रहेको छ । कर्जा लिँदा १६ प्रतिशसम्म ब्याज लाग्ने छ ।

एनसीसी बैंक

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ ।

संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । साउनमा बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ । बैंकको कर्जा लिँदा आधारदरमा ७ प्रतिशकत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्ने छ ।

स्ट्यान्डर्ड चार्टर्ड


स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर ८.४० प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७.५० प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १५.९० प्रतिशत ब्याज लाग्ने छ ।

सनराइज बैंक

सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजबाट व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै रेमिट मुद्दतीमा १४.१३ प्रतिशत ब्याज दिने छ ।

बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७.४२ प्र्रतिशत ब्याज लाग्ने छ ।