Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बढ्न थाल्यो बैंकहरुको निक्षेप

२०७९ भाद्र ३१ गते

बैंकिङ खबर/ बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ। भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा भदौ ३० गतेसम्ममा निक्षेप संकलन बढेर ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्ष सुरु भएपछि भदौ पहिलो सातासम्ममा बैंकहरुको निक्षेप करिब डेढ खर्ब रुपैयाँले घटेको थियो। भदौ दोस्रो साताबाट भने बैंकहरुको निक्षेप घट्ने क्रम रोकिएको छ। भदौ १० गतेयता बैंकहरुको निक्षेप संकलन ४४ अर्ब रुपैयाँले बढेको छ।

समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ। भदौ १० गतेसम्ममा ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ ३० गतेसम्ममा ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा दिएका छन्।

अहिले बैंकहरुको औसत सिडि रेसियो नै ८८ प्रतिशतभन्दा तल झरेको छ। राष्ट्र बैंकका अनुसार भदौ ३० गतेसम्ममा बैंकहरुको औसत सिडि रेसियो ८७.८९ प्रतिशतमा झरेको