Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक सातामा ७ अर्ब ५२ करोड रुपैयाँले बढ्यो निक्षेप

२०७९ भाद्र २७ गते

बैंकिङ खबर/ भदौ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ। पछिल्लो एक सातामा ७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप बढेको हो। संघका अनुसार भदौ १७ गतेसम्म निक्षेप ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ थियो। भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ। १७ गते सम्म बैंकहरुले ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ६ अर्ब ८६ करोड रुपैयाँ विस्तार गर्दै भदौ २४ गतेसम्म कुल ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन भएको हो।

गत आर्थिक वर्ष अर्थात् असार मसान्त समममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरुको २९.८ प्रतिशतले बढेको थियो ।