
बैंकिङ खबर/ भारतमा पनि विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । आरबीआईका अनुसार गत साताको देशको विदेशी मुद्रा सञ्चिति ५५३.१०५ अर्ब अमेरिकी डलर रहेको छ । अघिल्लो साताको तुलनामा यो ७.९४१ अर्ब डलरले घटेको हो । यसअघि अगस्ट २६ मा समाप्त भएको साता भारतको विदेशी मुद्रा सञ्चिति ५६१.०४६ अर्ब डलर थियो ।
सेप्टेम्बर २ मा देशको विदेशी मुद्रा सञ्चिति अक्टोबर ०९, २०२० यताकै न्यून स्तरमा थियो। यो साता एफसीए (विदेशी मुद्रा सम्पत्ति) ६.५२७ बिलियन डलरले घटेर ४९२.११७ विलियन डलर रह्यो। उल्लेखनीय रूपमा, विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश एफसीए नै हो । यसअघि भदौ २६ गते समाप्त भएको साता एफसीए ४९८.६४५ अर्ब डलर थियो ।
सेप्टेम्बर २ सम्ममा देशको सुनको भण्डार १.३३९ अर्ब डलरले घटेर ३८.३० अर्ब डलर पुगेको छ । अर्कोतर्फ, एसडीआरमा साप्ताहिक आधारमा ५ अर्बले घटेर १७.७८२ अर्ब भयो। यस अवधिमा आईएमएफमा देशको रिजर्भ स्थिति २४ करोड डलरले घटेर ४.९०२ अर्ब डलर पुगेको छ ।


