Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर

२०७३ आश्विन १६ गते

janautthanजनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । संस्थाको शनिबार सम्पन्न सञ्चालक समितिको बैंठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई लाख १० हजार पाँच सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर वितरणको स्विकृतिका लागि संस्थाले राष्ट्र बैंकमा निवेदन दिने तयारी गरेको छ । राष्ट्र बैंकबाट स्विकृत भई संस्थाको आगामी साधारणसभाले पारीत गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।