Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०८० भदौ १९ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको सोमबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।