मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा सेयर दिने निर्णय गरेको हो । उक्त वोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारीत गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । मुक्तिनाथ राष्ट्रियस्तरको विकास बैंक हो ।
त्यस्तै, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले पनि आकर्षक लाभांश पाउने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांशराष्ट्र बैंकबाट स्विकृत भई संस्थाको आगामी साधारणसभाले पारीत गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।



