Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्व बैंकबाट पौने १८ अर्ब ऋण लिँदै सरकार

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ सरकारले विश्व बैंकबाट १४ करोड डलर (करिब १७ अर्ब ८६ करोड रुपैयाँ) ऋण लिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो रकम ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा बिस्तारमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी कार्यक्रम विभिन्न कार्यक्रममा विश्व बैंकले दिएको पैसा खर्च हुने व्यवस्था चालु आर्थिक वर्षको बजेटमा गरिएको छ । मन्त्रिपरिषद्ले सहमति दिएकाले केही दिनभित्र १४ करोड डलर ऋण लिने सम्झौता हुनेछ । परियोजना सहयोग कार्यक्रमका लागि विश्व बैंकले ऋण दिएकाले सरकारी प्रणालीबाटै सबै रकम खर्च हुनेछ ।

विश्व बैंकले दिएको ऋणको वार्षिक ब्याज ०.७५ प्रतिशत तिर्नुपर्नेछ भने ३८ वर्षपछि साँवा चुक्ता गर्नुपर्ने ऋणमा शुरुको ६ वर्ष भने ब्याज तिर्न नपर्ने जनाइएको छ ।