Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साप्ताहिक हाइलाइट्स : के-के भयो वित्तीय क्षेत्रमा ?

२०७९ भाद्र १७ गते


बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :-

सरकारको प्रतिबन्ध नीतिअनुसार विदेशी मुद्रा सटही दिनू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सरकारले वस्तु आयतमा लगाएको प्रतिबन्धको नीति अनुसार विदशी मुद्रा सटही सुविधा दिन सर्कुलर जारी गरेको छ। असोज २८ गतेसम्म सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्ध कायम गरेको छ। यीबाहेक ६ वस्तुको प्रतिबन्ध हटाएको छ। प्रतिबन्ध हटाइएको वस्तु आयातमा सहटी सुविधा दिन र प्रतिबन्ध कायम रहेको वस्तुमा सटही सुविधा रोक्न भन्दै बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन जारी गरेको हो।

सोमबार मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राजपत्रमासमेत प्रतिबन्ध लगाएका वस्तुहरुको जानकारी गराइएको छ। जसअनुसार असोज २८ गतेसम्म आयात प्रतिबन्ध कायम गरिएको छ। त्यसमा सबै प्रकारको मदिरा प्रतिबन्ध छ। त्यसैगरी ३ सय डलरभन्दा माथिको स्मार्टफोनहरुको प्रतिबन्धलाई कायम गरिएको छ।

जीप, कार, भ्यानहरु सबै प्रकारका आयात प्रतिबन्धलाई कायम गरिएको छ। यो भन्दा अघि १५० सीसीभन्दा माथिको मोटरसाइकलमा प्रतिबन्ध लगाइएको थियो। त्यसलाई समेत प्रतिबन्ध निरन्तरता दिएको हो।

राष्ट्र बैंकद्वारा सार्वजनिक आइटीआरएस सम्बन्धी निर्देशिका जारी

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली (आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम ‘International Transaction Reporting System (ITRS) Guidelines, 2022’ उल्लेख गरेको छ । सो समयसम्मका लागि “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

मिर्मिरे लघुवित्तद्वारा बुद्धज्योतीलाई प्राप्ति गरि ‘एकीकृत कारोबार’ शुभारम्भ

बनेपा–८ पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार शुरु गरेको छ । 

यस अघि २०७९ भाद्र १२ गते नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र एवं स्वीकृति प्राप्त गरेकोमा सो को कार्यान्वयन स्वरूप एकीकृत बनेपास्थित मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा रहेको सभा कक्षमा एकीकृत कारोबार शुभारम्भ समारोह सम्पन्न गरेको हो । 

बिहान १०ः४५ बजे मिर्मिरे लघुवित्तकासंचालक समिति अध्यक्ष टेक बहादुर बोहराको सभाध्यक्षतामा भएको उक्त समारोहमा वित्तीय संस्थाका संचालक, एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

शुभारम्भ समारोह सभाध्यक्ष बोहराले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गर्नुभएको थियो भने मिर्मिरेका संचालक एवं मर्जर/एक्विजिसन समिति संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 
 
 

कोपोमिसमा विवरण नभरेका सहकारीले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने


एकीकृत व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा विवरण नभरेका सहकारी संस्थाहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलयका अनुसार अब कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।

सहकारी अब ऋणीको घरजग्गा रोक्का राख्न वा फुकुवा गर्न जाँदा सहकारी ऐन २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्न मालपोत कार्यालय जाँदा कोपोपिस प्रणालीमा संस्थाको विवरण प्रविष्ट गरेको प्रमाण लिएर जानुपर्ने छ । सहकारी विभागमार्फत सबै भूमिसुधार तथा मालपोत कार्यालयमा परिपत्र समेत भइसकेको छ ।

 

Ad