Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तोकिएको समयभित्र वित्तीय विवरण पेस नगरे कारबाहीः नेप्से

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ।

नेप्सेले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति नेप्सेमा पेस गर्न निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरेबमोजिम सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्न सूचनामा उल्लेख छ।

तोकिएको समयमा सूचीकृत कम्पनीहरुले वित्तीय विवरण पेस नगरेको खण्डमा नियमअनुसार कारबाही गरिने पनि नेप्सेष्ट पारेको छ।