
बैंकिङ खबर/ श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ। एएफपीका अनुसार अगस्ट २४ देखि श्रीलंका भ्रमणमा रहेक आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने सहमति भएको हो। यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ।
अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ। यो ऋणअन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ।