Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्वका तेस्रो धनी बने भारतका गौतम अडानी

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/ भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्नुभएको छ । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उहाँ विश्वको तेस्रो धनी व्यक्ति बन्नुभएको हो ।

विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ। ब्लुमवर्गको अति धनाड्यको सूचीको ११औँ नम्बरमा भारतका मुकेश अम्बानी हुनुुहुन्छ ।

उहाँको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ। ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एसियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो।

Ad