Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

श्रृजनशील लघुवित्तको आईपीओ निष्कासन

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/ श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आज(बुधबार) देखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ५५ अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। कम्पनीका अनुसार भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ। यो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ।

लगानीकर्ताले सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकिएको छ।

Ad