Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डलर कार्डबाट हुने भुक्तानीमा कडाई, यस्ता छन् थप नयाँ व्यवस्था(पूर्णपाठ)

२०७९ भाद्र १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाई गरेको छ। केन्द्रीय बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले विकास बैंक र वाणिज्य बैंकहरुले ५०० डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको छ। अव उक्त कार्डबाट १८ वटा बस्तु ताथा सेवा खरिदको भुक्तानी गर्न नपाइने भएको हो।

राष्ट्र बैंकले मनी अर्डर ९वायर ट्रान्सफर०, बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), धितोपत्र दलाल र डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर, वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), बेटिङ (क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा) कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई प्रिपेड कार्डमार्फत भुक्तानी गर्न नपाइने भएको हो।

हेर्नुहोस्