Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नाडेप लघुवित्तमा खुल्यो रोजगारी

२०७९ भाद्र १३ गते

बैंकिङ खबर/ नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले आन्तरिक लेखापरिक्षकका लागि २ जना, कानून अधिकृतका लागि १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सवारी चालकका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदहरुका लागि शैक्षिक योग्यता न्यूनतम आठ कक्षा पासदेखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने लघुवित्तले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले भदौ १६ गते बिहिबारसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।