
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने बताएको छ । गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे भएको छलफलमा उक्त कुरा जानकारी गराइएको हो ।
निर्माता संघले अहिले लागु गरेको प्रोजेक्ट बीमामा केही नीतिगत बुँदा थप गरेर पुनः आउन गभर्नरले आग्रह गर्नुभएको छ । गभर्नरले लोनको प्रस्तावमा आफू मञ्जुर भएको अधिकारीले बताउनुभयो । निर्माता संघले धितोको झमेलामा पर्नुभन्दा ५० प्रतिशत रकम निर्माताले जम्मा गरेको खण्डमा ५० प्रतिशत ऋण पाउनुपर्ने माग राखेको छ ।


