
बैंकिङ खबर/ अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत देखिएको छ । घरजग्गा कारोबारमा घटेको छ भने आम्दानीको अनुपातमा कर्जा १८७.२ प्रतिशतले वृद्धि हुँदा जोखिम बढेको छ ।
सन् १९९१ को आर्थिक मन्दीपछि पहिलो पटक अष्ट्रेलिया पुनः सोहि अवस्थामा फर्किएको छ । अष्ट्रेलियमा आर्थिक संकटको मुख्य कारण व्याजदरमा वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र मुद्रास्फितीलाई मानिएको छ । जसमध्ये सबैभन्दा धेरै प्रभाव सिड्नीमा देखिएको छ ।
पछिल्लो तीन महिनामा यो शहरमा घरको मूल्य ५ प्रतिशतले घटिसकेको छ ।
राष्ट्रिय स्तरमा भने यो गिरावट २ प्रतिशत हो । रिजर्भ बैंकले दुई साताभित्र दोश्रो पटक व्याजदर बढाएकाले यो गिरावट आगामी महिनाहरुमा पनि जारी रहने सम्भावना रहेको छ ।