Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ट्रेजरी बिल : ब्याज धेरै मागेपछि राष्ट्र बैंकले आधा मात्र दियो रकम

२०७९ भाद्र १० गते

बैंकिङ खबर/ राष्ट्र बैंकले बिहीबार आह्वान गरेको ट्रेजरी बिलको ब्याज धेरै माग गरिएपछि राष्ट्र बैंकले आधा रकम मात्र बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको छ ।

बजारको तरलता परीक्षण गर्न बिहीबार २५ अर्ब रुपैयाँ प्रवाह गर्न खोजेको थियो । सरकारको ट्रेजरी बिलहरु बैंकहरुले किनेका छन् । त्यो बिलहरु राष्ट्र बैंकले किनिदिएर बैंकहरुलाई ऋण लगानी गर्नसमेत मिल्ने गरी तरलता दिन खोजेको थियो ।

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारलाई प्रवाह गर्न खोजेको थियो । यसका लागि २३ वटा संस्थाले ११० वटा आवेदन दिए । उनीहरुले अधिकतम ब्याज १०.३१ प्रतिशत, न्यूनतम ८.४८ प्रतिशत ब्याज कबुल गरेका थिए । ब्याज दर औषत ८.८९ प्रतिशत कायम भएको थियो ।

२५ अर्ब रुपैयाँ दिन्छु भन्दा ४४ अर्ब ७९ करोड १४ लाख रुपैयाँ माग भएको थियो । तर ब्याज महँगो मागेपछि बैंकहरुले जम्मा १४ अर्ब ८५ करोड मात्र पाएका छन् । बिहीबार बैंकहरुले ४४ अर्ब १३ करोड रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।