Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विदेशमा रहेका नेपालीलाई दसैँअघि नै आईपिओमा आरक्षण

२०७९ भाद्र १० गते

बैंकिङ खबर/ वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई दसैँ अघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर गएका श्रमिकले प्राथमिक सेयरका लागि छुट्याएको १० प्रतिशत सेयर पाउने सुनिश्चित भएको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले

मन्त्रिपरिषद्बाट विनियमावली पास भएको मौखिक जानकारी आएको र लिखित पत्र आउन बाँकी रहेको बताउनुभयो । सरकारले विभिन्न माध्यमबाट रेमिट्यान्स भित्र्याउने योजनासहित श्रमिकलाई प्राथमिक सेयर (आइपिओ)मा आरक्षण दिन सकिने गरी चालू आर्थिक वर्षको बजेटमार्फत नै १० प्रतिशत सेयर छुट्याउने घोषणा गरेको थियो । अर्थ मन्त्रालयबाट गएको विनियमावली प्रस्तावलाई ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पास गरेको हो ।

बोर्डका अनुसार सर्वसाधारणले पाउँदै आएको ३० प्रतिशत सेयर आरक्षणभित्रबाटै १० प्रतिशत सेयर श्रम स्वीकृत लिएर गएका नेपालीलाई छुट्याइएको हो । श्रमिकका लागि सेयर आरक्षण छुट्याएसँगै सर्वसाधारणले २० प्रतिशत मात्र प्राथामिक सेयरमा आवेदन दिन पाउनेछन्  ।

 

Ad