
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले दुबै बैंकका अध्यक्षसँग छुट्टा–छुट्टै छलफल गर्दै उक्त निर्देशन दिएको हो ।
राष्ट्र बैंकका उच्च अधिकारीहरुले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएका छन् । दुबै बैंकका अध्यक्षले राष्ट्र बैंकको निर्देशन बमोजिम ०७९ पुस मसान्तसम्ममा उपयुक्त जोडी खोजेर मर्जरमा जाने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
त्यसैगरी, सनराइज बैंकलाई पनि राष्ट्र बैंकले मर्जरमा जान ताकेता गरेको छ । सनराईज बैंकमा यसअघि भएको सञ्चालक समिति र सीइओको विवाद मलिाउने क्रममै राष्ट्र बैंकले मर्जरमा जान सुझाव दिएको थियो ।


