Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब धितो बिनै ‘वर्किङ क्यापिटल लोन’ पाइने

२०७९ भाद्र ९ गते

बैंकिङ खबर/ अब सम्पत्ती धितो बिना नै कम्पनी सञ्चालन गर्न कर्जा कर्जा पाइने भएको छ । व्यावसायक फर्म, संस्था वा कम्पनीले सम्पत्ती धितो नराखी छोटो अवधिका लागि चालू पुँजी कर्जा(वर्किङ क्यापिटल लोन) लिन पाइने भएको हो । तर त्यस्ता संस्थाले वार्षिक कारोबारमा आधामार मात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्नेछन् ।

राष्ट्र बैंकले हालै जारी गरेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्ग दर्शन, २०७९’ मा २ करोडसम्मको चालू पुँजी कर्जामा फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने उल्लेख छ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले उद्यम व्यवसायको सबै पक्षको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा भने कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्।
उक्त मार्गदर्शन आगामी कात्तिक १ देखि लागू हुनेछ।

चालू पुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटिपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता एकीन गर्न समेत कठिन हुने गरेकोले चालू पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरुपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउन र कर्जा सदुपयोगिता एकीन गर्न सकिने आधारभूत पद्धति विकास गर्न यस्तो मार्गदर्शन जारी गरिएको हो।