Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन बैंकको सीडी रेसियो कति ? (सूचीसहित)

२०७९ भाद्र ६ गते

बैंकिङ खबर/ निक्षेप घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले ९० प्रतिशतको सीमा नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् ।

अर्को अर्थमा सीडी रेसियो ९० प्रतिशत नाघ्नु भनेको ती बैंकले थप कर्जा दिन नसक्ने अवस्था रहनु हो । साउन महिनामा मात्रै बैंकहरुबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । जसले गर्दा बैंकहरूको सीडी रेसियोमा दवाव परेको छ ।

मौद्रिक व्यवस्थाअनुसार यो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्दछ । साउन महिनाको अन्त्यसम्म तीन बैंक नबिल, नेपाल र सेन्चुरी कमर्सियलको सीडी रेसियो भने ९० नाघेको छ ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार सेन्चुरीको ९१.६३, नबिलको ९०.९२ र नेपाल बैंकको ९०.७२ छ । समग्रमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत छ । असार मसान्तसम्म यस्तो रेसियो ८६.२२ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात सूची

बैंक

सीडी रेसियो %

कृषि

८९.३२

बीओके

८९.६६

सेन्चुरी

९१.६३

सिटिजन्स

८७.८०

सिभिल

८७.१९

एभरेस्ट

८६.७९

ग्लोबल

८९.९५

हिमालयन

८९.४७

कुमारी

८९.३१

लक्ष्मी

८६.९९

माछापुच्छ्रे

८६.६०

मेगा

८८.६८

नबिल

९०.९२

नेपाल

९०.७२

एनसीसी

८९.८१

इन्भेस्टमेन्ट

८६.७६

एनआईसी एसिया

८६.३७

एनएमबी

८७.४१

एसबीआई

८४.६४

प्रभु

८२.८८

प्राइम

८९.१७

राष्ट्रिय वाणिज्य

८९.९३

सानिमा

८४.८०

स्टान्डर्ड चार्टर्ड

८८.०९

सनराइज

८६.८५

स्रोत: नेपाल बैंकर्स एसोसिएसन