Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब

२०७९ भाद्र ४ गते

बैंकिङ खबर/ बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ६ खर्ब रहेको छ। बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तिय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८ दशमलव ०७ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतलेबढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।