Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको विशेष उपहार : आस्वा शुल्कमा पूर्ण छुट

२०७९ भाद्र ३ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले भाद्र १, २०७९ बाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सि–आस्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भाद्र १ उपरान्त कुमारी बैंक लिमिटेडको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिँदा कुनै शुल्क लाग्ने छैन ।

ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Ad