
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा एउटा विकास बैंक र एउटा वाणिज्य बैंकको संख्या घटेको देखिएको छ ।
यस अघि २७ वाणिज्य बैंकहरु रहेका थिए । नेपाल बंगलादेश बैंक नबिल बैंकसँग गाभिएपछि वाणिज्य बैंकहरुको संख्या २६ मा झरेको हो । त्यस्तै, यसअघि विकास बैंकहरुको संख्या १८ रहेको थियो । एक विकास बैंक मर्जमा गएपछि यसको संख्या १७ मा झरेको हो ।
हेर्नुहोस् सम्पूर्ण विवरण


