Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१२ ब्रोकरलाई २३ शाखा खोल्न स्वीकृति

admin २०७९ भाद्र २ गते
सेयर:

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले १२ वटा ब्रोकर कार्यालयलाई २२ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिएको छ । सोमध्ये १७ वटालाई शाखा संचालनका लागि स्वीकृति दिइएको छ भने ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डले जनाएको छ ।

भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौलीमा शाखा सञ्चालनका लागि अनुमति पाएको छ । त्यस्तै दिपशिखाले चितवनको टाँडी र कैलालीको लम्कीमा शाखा कार्यालय खोल्दैछ । नेपाल स्टक हाउसले नुवाकोटको विदुरमा र कैलालीको टिकापुरमा शाखा संचालनका लागि स्वीकृति पाएको हो ।

आर्यताराले पाल्पाको तानसेन र कैलालीको टिकापुरमा शाखा संचालन गर्दैछ । अनलाईनले नुवाकोटको बट्टारमा, मल्ल एण्ड मल्लले पाँचथरको फिदिम र इलाममा, सेक्युर्डले झापाको दमकमा, त्रिशुलले नवलपरासीको कावासोतीमा, अक्सफोर्डले नवलपुरको भुमहीमा, डाइनामिकले चितवनको भरतपुरमा, दिव्याले पर्वतको कुस्मामा र जे।एफले दाङको तुल्सीपुरमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएको हो ।

बोर्डले अनलाइन सेक्युरिटिजलाई रामेछापको मन्थलीमा र मोरगंको उर्लाबारीमा पुर्वाधार तयार गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै दिपशिखा धितोपत्र कारोबार कम्पनीलाई पनि सिरहाको लाहान र दोलखाको चरिकोटमा पुर्वाधार तयार गर्न अनुमति दिएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।