Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ ।

यस्तै आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।