Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्रोकर नम्बर १३ लाई कारबाही

२०७९ श्रावण ३० गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ ।
कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताउनुभयो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गरेको छ । तर, कम्पनीले बोर्डको स्वीकति नलिई शाखा कार्यालय स्थापना गरेको पाइएपछि बोर्ड सञ्चालक समितिको निर्णयअनुसार कम्पनीलाई कारवाही गरिएको हो ।

 

 

Ad