Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक महिना नपुग्दै बैंकहरुले राष्ट्र बैंकसँग लिए ८ खर्ब रुपैयाँ सापटी

२०७९ श्रावण २९ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष सुरु भएको एक महिना नपुग्दै झण्डै ८ खर्ब रुपैयाँ सापटी लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार स्थायी तरलता सुविधा, ओभरनाइट रिपोलगायतका उपकरण मार्फत बैंकहरुले उक्त सापटी लिएका हुन्।

आइतबारसम्ममा बैंकहरुले स्थायी तरलता सुविधा मार्फत नै ७ खर्ब १८ अर्ब रुपैयाँ सापटी लिएका छन्। यस्तै ओभरनाइट रिपोमार्फत १६ अर्ब ७० करोड सापटी लिएका छन्। केन्द्रीय बैंकले बैंकहरुलाई सरकारी ऋणपत्रको धितोमा ९० प्रतिशतसम्म सापटी दिने गर्छन। अहिले यस्तो सापटी साढे ८ प्रतिशत ब्याजदरमा लिँदै आएका छन्।