Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यी हुन् आईपीओको आस्वा शुल्क नलिने बैंक, अन्यको कति ?

२०७९ श्रावण २५ गते

बैंकिङ खबर/ आजभोली धमाधम रुपमा कम्पनीहरुको साधारण सेयर(आईपीओ) खुल्न थालेको छ ।
आईपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गरेका छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ ।

यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।

सी–आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । तर यस्तो प्रकारको सेवा दिए वापत १२ वटा वाणिज्य बैंकहरुले मात्र शुल्क तोकेका छन् भने बाँकी १५ वटा वाणिज्य बैंकले निःशुल्क सी–आस्वा सेवा ग्राहकलाई दिइरहेका छन् ।

सी–आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमा सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी–आस्वा शुल्क तोकेको छ ।

त्यस्तै नेपाल बैंक, नेपाल एसबीआइ बैंक र लक्ष्मी बैंकले २५ रुपैयाँ शुल्क तोकेका छन् । साथै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक र कुमारी बैंकले २० रुपैयाँका दरले सी–आस्वा शुल्क तोकेका छन् ।

यसैगरी, कृषि विकास बैंक र सनराइज बैंकले १० रुपैयाँका दरले आश्वा शुल्क तय गरेका छन् । यसबाहेका सबै वाणिज्य बैंकहरुले ग्राहकलाई निःशुल्क सी–आस्वा सेवा दिइरहेका छन् ।

कुन बैंकको कति शुल्क

  • नबिन बैंक निःशुल्क
  • एनआइसी एसिया बैंक निःशुल्क
  • राष्ट्रिय वाणिज्य बैंक निःशुल्क
  • कृषि विकास बैंक – १०
  • बैंक अफ काठमाण्डू – १०
  • नेपाल बंगलादेश बैंक -१०
  •  सिभिल बैंक – २०
  • माछापुच्छ्रे बैंक – १०
  • सन्राइज बैंक – १०
  • सिद्धार्थ बैंक – १०
  • प्रभु बैंक – १०
  • नेपाल इन्भेष्टमेन्ट बैंक – २०
  • एनएमबि बैंक – २०
  • सिटिजन बैंक – २०
  • एभरेष्ट बैंक – २०
  •  कुमारी बैंक – २०
  •  सानिमा बैंक – २०
  •  लक्ष्मी बैंक – २५
  •  नेपाल बैंक – १०
  •  प्राइम कमर्सियल बैंक – १०
  •  नेपाल एसबिआइ बैंक – २५
  •  सेन्चुरी कमर्सियल बैंक – २५
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
  • ग्लोबल आइएमई बैंक – १५
  • नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०
  •  मेगा बैंक – २५
  •  हिमालयन बैंक  – २०

 

Ad