Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए झन्डै तीन करोड कित्ता सेयर 

२०७३ आश्विन १३ गते
सेयर:

just-listedविहीबार नेपाल स्टक एक्सचेन्जमा झन्डै तीन करोड कित्ता सेयर सूचीकृत भएका छन् । ६३ लाख ८५ हजार पाँच सय पाँच कित्ता बोनस सेयर र दुई करोड ३२ लाख ७६ हजार पाँच सय ५६ कित्ता हकप्रद सेयर गरी कुल दुई करोड ९६ लाख ६२ हजार ६१ कित्ता सेयर सूचीकृत भएका हुन् ।

सिटिजन्स बैंकको एक करोड ६८ लाख ५८ हजार सात् सय ८६ कित्ता हकप्रद सेयर, प्रभु बैंकको ६४ लाख १७ हजार सात सय ७० कित्ता हकप्रद सेयर, स्टान्डर्ड चार्टर्ड बैंकको ५६ लाख ४२ हजार छ सय ४८ कित्ता वोनस सेयर र रिलायन्स फाइनान्सको सात लाख ४२ हजार आठ सय ५७ कित्ता बोनस सेयर विहीबारदेखि सूचीकृत भएको नेप्सेले जनाएको छ ।