Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन बैंकको खराब कर्जा कति ?(सूचीसहित)

२०७९ श्रावण २३ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले खराब कर्जा नियन्त्रण गरेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको हो। कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान थियो।

सोही कारण नेपाल राष्ट्र बैंकले लगातार दुई वर्षको मौद्रिक नीतिमा कोराना प्रभावितहरुलाई पुनर्कर्जा, कर्जाको पुनर्संरचनाजस्ता सुविधाहरु प्रदान गरेको थियो। तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले भने त्यसलाई हटाइदिएको छ। असार मसान्तसम्मको विवरणले राष्ट्र बैंकको सुविधाको कारण खराब कर्जालाई नियन्त्रणमा राखेको देखिएको हो।

  • प्रभु बैंक : १.२० प्रतिशत
  •  कुमारी बैंक : ०.९६ प्रतिशत
  • राष्ट्रिय वाणिज्य बैंक : २ प्रतिशत 
  • एनएमबी बैंक : १.३३ प्रतिशत
  • एनसीसी बैंक : १.९३ प्रतिशत 
  • नेपाल एसबीआई बैंक : ०.१५ प्रतिशत
  • सेन्चुरी कमर्सियल बैंक : १.५९ प्रतिशत
  •  नबिल बैंक : १.५४ प्रतिशत
  •  कृषि विकास बैंक : १.६८ प्रतिशत
  •  सिद्धार्थ बैंक : १.०३ प्रतिशत 
  •  प्राइम बैंक : १.४० प्रतिशत
  •  हिमालयन बैंक : ०.७७ प्रतिशत
  •  एभरेष्ट बैंक : ०.२४ प्रतिशत 
  •  स्ट्यान्डर्ड चार्टर्ड बैंक : ०.५९ प्रतिशत 
  •  इभेष्टमेन्ट बैंक : १.४७ प्रतिशत
  •  सनराइज बैंक : १.४० प्रतिशत
  •  लक्ष्मी बैंक : ०.८९ प्रतिशत 
  •  सानिमा बैंक : ०.३५ प्रतिशत
  •  माछापुच्छ्रे बैंक : ०.८४ प्रतिशत
  •  सिटिजन्स बैंक : १.८७ प्रतिशत
  •  ग्लोबल आईएमई बैंक : १.२२ प्रतिशत
  •  एनआईसी एसिया बैंक : ०.४९ प्रतिशत
  •  मेगा बैंक : ०.७४ प्रतिशत
  •  सिभिल बैंक : १.०८ प्रतिशत
  •  बैंक अफ काठमाण्डूको : १.१८ प्रतिशत
  •  नेपाल बैंक : १.९० प्रतिशत
Ad