
बैंकिङ खबर/ १६ दिनको अवधिमा बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँले निक्षेप घटेको छ। राष्ट्र बैंकका अनुसार, असार मसान्तको तुलनामा साउन १६ गतेसम्म आउँदा बैंकको निक्षेप १०० अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा झरेको हो।
साउन लागेपछि निक्षेप निरन्तर घट्न थालेको छ। निक्षेपसँगै ऋण पनि घटिरहेको छ। विगतमा यतिबेला निक्षेप बढेर जान्थ्यो। यसपाली उल्टो अवस्था देखिएको छ।
राष्ट्र बैंकका अनुसार, तीन वटा कारणले अहिले निक्षेप घटेको हो। ‘कहरुको कुल ऋण पनि असार मसान्तको ४१ खर्ब ७५ अर्बको तुलनामा ४१ खर्ब ५८ अर्बमा झरेको छ। यो भनेको १७ अर्ब रुपैयाँको गिरावट हो।


