Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिइडिबी हाईड्रोपावरलाई नेप्सेले सोध्यो सात दिने स्पष्टिकरण

२०७९ श्रावण १६ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।
कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्ताको अन्यौलता सिर्जना गर्न खोजेको भन्दै नेप्सेको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोधेको जनाएको छ ।

कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा उजुरी दिएका थिए । उक्त उजुरी परेपछि नेप्सेले आइतबार कम्पनीलाई एक साताभित्र कानूनी र सैद्धान्तिक कारण प्रष्ट खुल्नेगरी स्पष्टिकरण पेश गर्न भनेको छ । नेप्सेले सिइडीबीलाई सोधेको स्पष्टिकरणको बोधार्थ धितोपत्र बोर्डलाई समेत गराएको छ ।

Ad