Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य सात बुँदा 

२०७९ श्रावण १३ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सेबोनले एक कार्यक्रमबीच धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोन अध्यक्ष रमेशकुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा 

  • बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने योजना अघि सारेको छ । बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय स्वचालित विद्युतीय प्रणाली बनाएर दिगो र स्थापित कम्पनीहरूलाई धितोपत्र बजारमा ल्याउने ।
  • गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला गर्न थप कानुन संशोधन र परिमार्जन गर्ने ।
  • वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत आरक्षण छुट्याउने विषयमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्ने ।
  • वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक कानुन तयार गरी दरखास्त आह्वान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने । 
  • बोर्डको जग्गा प्राप्तिको कार्य अगाडि बढाइने, सरकारद्वारा सरकारबाटै खरिद गर्ने तयारी (जिटुजी) ।
  •  बोर्डका कर्मचारीको मनोबल उच्च बनाउनका लागि कर्मचारीलाई ‘कर्मचारी सुविधा योजना’ (ओवाइभिएस) तर्जुमा गरी लागू गर्ने भएको छ । 
  • कर्मचारीलाई सवारीसाधन खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ ।
Ad