
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने जनाएको छ ।
बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।