Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हट्ने

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने जनाएको छ ।

अहिले सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म हुँदैन् । बोर्ड अध्यक्ष रमेश कुमार हमालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति ल्याउदा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने नीति ल्याएको थियो ।

Ad