
बैंकिङ खबर/ सामाजिक सुरक्षाभत्ता घुम्ती बैंकिङ प्रणालीमार्फत वितरण गर्न माग गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैंठकमा सांसद सत्य पहाडिले उक्त माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सामाजिक सरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने कार्य आर्थिक सुशासन कायम गर्न सहयोग अवश्य पुग्नेछ ।
तर वृद्धाभत्ता लगायत सबै सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि पालिकामा स्थापित बैंकका शाखाहरुसम्म पुग्नुपर्ने बाध्यताले बुहसंख्यक पालिकाहरुमा जेष्ठ नागरिक र अन्य लक्षित वर्गका जनतालाई अत्यन्त कठिन महंगो पर्न गइरहेको छ । कतिपय पालिकामा भत्ता भन्दा गाडिभाडा उच्च हुने अवस्था छ ।’ उहाँले घुम्ती बैंकिङ सेवामार्फत सबै वडाहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।