
बैंकिङ खबर/ चालु आर्थिक वर्षमा बैंकहरुको व्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा बैंकको व्याजदर वृद्धि गर्न लागेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्न गभर्नर महाप्रसाद अधिकारीले बिहान सवा ८ बजे संचालक समितिको बैठक डाक्नुभएको छ । बैठकले चालु बर्षको मौद्रिक नीति पारित गर्ने छ ।
गभर्नरले चालु बर्ष कसिलो नीति लिनुपर्ने आवश्यकता रहेको जनाउ दिइसक्नुभएको छ । नीतिमा ब्याज दर वृद्धि र केही नियामकीय प्रावधानमा कस्ने जनाइएको छ ।
अनिवार्य तरलता अनुपात सिआरआर ३ प्रतिशतलाई ५÷६ प्रतिशत पु¥याउने तयारी रहेको स्रोतले बताएको छ । स्थायी तरलता सुविधा ७ बाट ९ प्रतिशत पुग्ने छ ।




