
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
खास के छ ? बुँदा-बुँदामा
- बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।
-
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । नयाँ मौद्रिक नीतिमा कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत आवमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।
-
कर्जा केन्द्रिकरण घटाइने
-
विद्युतीय भुक्तानी बढाउन विशेष पहल गर्ने
- सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो ।
- अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरिएको छ ।
- कोभिड – १९ का कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा
- मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था
- डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड


