
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिको सार्वजनिक गर्ने तयारी गर्दै छ । त्यसका लागि शुक्रबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ।
उक्त बैठकले पास गरेको खण्डमा दिउँसो नै मौद्रिक नीति सार्वजनिक हुने भएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको समेत भूमिकामा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गर्नुभएको छ ।
गत वर्ष ढिलो गरी मौद्रिक नीति आएको थियो। अध्यादेशमार्फत आएको बजेट संशोधनको तयारी भइरहेको भन्दै गत वर्ष मौद्रिक नीति ढिला गरिएको थियो। यस वर्ष साउन १२ गते नै मौद्रिक नीति ल्याउने तयारी गरिएको थियो तर एमाले पाटीसँग गभर्नर अधिकारीको नाम जोडिएर विवाद भएपछि केही ढिलो भएको हो ।


