Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले साउन २१ भित्र प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने(पूर्णपाठसहित)

२०७९ श्रावण ५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले अब हरेक वर्षको वार्षिक प्रतिवेदन साउन २१ भित्र सार्वजनिक गरिसक्नुपर्ने भएको छ। आर्थिक वर्ष सकिएको २१ दिनभित्र प्रतिवेदन सार्वजनिक गरिसक्न राष्ट्र बैंकले परिपत्रमार्फत निर्देशन दिएको हो।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्नेछ।’