Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एभरेष्ट बैंकलाई दुईवटा ऋणपत्र निष्कासनको अनुमति

२०७९ श्रावण ३ गते

बैंकिङ खबर/ एभरेस्ट बैंकले दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोनं) ले बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो।

अब एभरेष्ट बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी एभरेष्ट बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरकाकुल २० लाख इकाइ जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन्।

Ad