Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक वर्षमा बैंकहरुलाई झण्डै ९४ खर्ब तरलता सुविधा

२०७९ श्रावण ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्षमा करिब ९४ खर्ब रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न उक्त रकम तरलता सुविधा उपलब्ध गराएको हो।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा स्थायी तरलता सुविधा मार्फत ९१ खर्ब ७० अर्ब १० करोड रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको छ भने ओभरनाइट रिपोमार्फत पनि २ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ तरलता सुविधा उपलब्ध गराएको हो। यो दुई सुविधाबाट मात्रै बैंकहरुले ९३ खर्ब ७६ अर्ब रुपैयाँ तरलता सुविधा लिएका छन् ।