Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस

२०७९ श्रावण २ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । धितोपत्र बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा लाग्ने शुल्कसम्मको अध्ययन गर्न भन्दै बोर्ड अध्यक्ष रमेश हमालले आन्तरिक रुपमा अध्ययन गर्न एउटा समिति गठन गरेको थिए । उक्त अध्ययन समितिले प्रतिवेदन बोर्ड अध्यक्षलाई बुझाएको हो ।

प्रतिवेदनमा सार्वजनिक निष्कासनमा बैंकहरुले लिने आस्वा शुल्कदेखि सेयर ब्रोकरले लिने कमिसन शुल्क घटाउन सकिने आधारसहित पेश गरेको बताइएको छ । यसबाहेक सीडीएस एन्ड क्लियरिङले दोस्रो बजार कारोबारमा लिने प्रतिकारोबार शुल्कको विषयमा समेत अध्ययन गरेको छ ।

बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा भएको अध्ययन समितिले कमिसन र आस्वा शुल्क समायोजन गर्दा लगानीकर्तालाइ राहत हुने भन्दै उक्त शुल्क घटाउन सकिने आधार समेत प्रतिवेदन उल्लेख गरेको छ ।

Ad