Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असार मसान्तसम्म बैंकहरुद्वारा ५१ खर्ब ५३ अर्ब संकलन

२०७९ श्रावण २ गते

बैंकिङ खबर/ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्।

त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेपको अनुपात ८६ दशमलव २२ प्रतिशत छ। राष्ट्र बैंकले अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने बताएको निर्देशनबमोजिम नै रहेको देखिएको हो।

Ad