
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने ७ वाणिज्य बैंकलाई ‘क्यापिटल चार्ज’ लगाएको छ । चैत मसान्तसम्ममा ७ वटा वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न सकेका छैनन् ।
चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको छ । असार मसान्तमा बैंकहरुको तरलता अनुपात २७.१७ प्रतिशतले दियो । बैंकहरुले आफूसँग भएको निक्षेपमा २० प्रतिशत रकम तरल रुपमा राख्नुपर्छ । बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ख्याल गरेर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तमा सबैभन्दा कम तरलता अनुपात १५.९१ प्रतिशत प्राइम बैंकको बढी रहेको छ । यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत,कुमारी बैंकको १८.२३ प्रतिशत,लक्ष्मीको १८.८७ प्रतिशत सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले हरेक दिन नै बैंकहरुको तरलता अनुपातलाई हेर्ने गर्छ । हरेक महिनामा तरलता अनुपात नपुग्ने बैंकहरु कारवाहीमा पर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तरलता अुनपात नपुर्याउने बैंकलाई क्यापिटल चार्ज लगाउने व्यवस्था भएको जानकार बताउनुभयो ।



